जिल्लाको बारेमा
स्वागत छ जिल्ला शिक्षा कार्यालय रौतहटमा ।
पृष्ठभूमि
शैक्षिक प्रशासनको संगठनात्मक स्वरुपमा तल्लो निकायका रुपमा ७५ ओटै जिल्लामा एक-एक जिल्ला शिक्षा कार्यालय स्थापना गरिएको छ । मुलुकको शैक्षिक क्षेत्र द्रुत गतिमा विकसित एवम् विस्तारित भइरहेको परिपेक्षमा मन्त्रालयबाट संचालित नीति योजना र कार्यक्रमहरुलाई प्रभावकारी ढंगबाट कार्यान्वयन गर्ने निकायको रुपमा जिल्ला शिक्षा कार्यालयलाई लिइन्छ । शिक्षा मन्त्रालय र शिक्षा विभागबाट स्वीकृत गरिएका बार्षिक कार्यक्रमहरु कार्यान्वयन, जिल्ला स्तरीय शैक्षिक विकास कार्यक्रमको योजना तर्जूमा गरी कार्यान्वयन गर्नु र जिल्ला स्थित विद्यालयहरुको नियमन, निरीक्षण तथा सुपरिवेक्षण गरी सरोकारवालाहरुलाई शैक्षिक सेवा प्रवाह गर्ने कार्यमा जिल्ला शिक्षा कार्यालयको महत्वपुर्ण भूमिका रहन्छ ।
साथै जिल्लाको शैक्षिक क्रियाकलापलाई पारदर्शी एवं सुचनाको पहुंच सबैं क्षेत्रमा पुर्याउन शिक्षा विभागको सहयोगमा यो वेवसाइट निर्माण गरिएको छ। यसलाई अझ परिस्कृत एवं व्यवहारिक बनाउन यहांहरुको अमुल्य सझावको अपेक्षा गर्दै साइट अवलोकन गर्नु भएकोमा धन्यवाद व्यक्त गर्दछौं ।
परिकल्पना
जीवनोपयोगी र गुणात्मक शिक्षाको माध्यमद्वारा शिक्षित, सु-सस्कृत र समुन्नत तथा गतिशील समाजको स्थापना गर्न आवश्यक गुणस्तरीय शिक्षा प्रदान गर्ने जनशक्तिको विकास तथा विस्तार गर्ने ।
लक्ष्य
शिक्षालाई विकासको सम्वाहक बनाउने दृष्टिकोणले सबैलाई आधारभूत शिक्षा उपलब्ध गराउने तथा सो भन्दा अगाडिको विद्यालयस्तरीय शैक्षिक अवसर सहज बनाउने ।
उद्देश्य
-
आधारभूत तथा माध्यमिक शिक्षा विकास सम्बन्धमा सञ्चालित कार्यक्रमहरुको कार्यान्वयनमा सहजीकरण गर्ने
-
जिल्लाको समग्र शैक्षिक विकासकालागि औपचारिक तथा अनौपचारिक शिक्षाको विकास र कार्यान्वयन गर्ने
-
जिल्ला स्थित शैक्षिक जनशक्तिको ब्यवस्थापन गर्ने
-
शिक्षा मन्त्रालय, शिक्षा विभाग र क्षेत्रीय शिक्षा निर्देशनालयबाट तय हुने नीति तथा निर्देशनहरुको कार्यान्वयन गर्ने
प्रमुख कार्यहरु
-
सरकारको शैक्षिक नीति तथा योजनाको आधारमा जिल्लामा विभिन्न शैक्षिक विकास कार्यक्रमहरु तयार गरी कार्यान्वयन गर्ने गराउने
-
विद्यालय र स्रोतकेन्द्रहरुको सुपरीवेक्षण गरी विद्यार्थी, शिक्षक, प्रअ र स्रोतब्यक्तिलाई पृष्ठ पोषण दिने
-
जिल्लाको शैक्षिक प्रगतिको अनुगमन तथा मूल्याङ्कन गर्ने
-
शिक्षकहरुको नियुक्ति, पदस्थापना, सरुवा सम्बन्धी कार्य र अभिलेख राख्ने
-
विद्यालय शिक्षक लगाएत शैक्षिक तथ्याङ्कको बार्षिक र आवधिक प्रतिवेदन तयार गर्ने
-
नयां विद्यालय स्थापना र विद्यमान विद्यालयको सुदृढीकरण गर्ने
-
अतिरिक्त क्रियाकलाप सम्बन्धी कार्यक्रम संचालन गर्ने
-
जिल्ला स्तरीय एवम् एस. एल. सी. परीक्षा मर्यादित र स्तरीय ढंगले संचालन गर्ने गराउने ।
-
विद्यालयमा विद्यार्थीको पहुंच एवम् गुणस्तर बृद्धिका लागि कार्यक्रम संचालन गर्ने
-
शैक्षिक सूचना संकलन, विश्लेषण र प्रबोधीकरण गर्ने
-
सरोकारवालाहरुको क्षमता अभिबृद्धिका लागि विभिन्न कार्यक्रम संचालन गर्ने
-
शैक्षिक कार्यक्रम संचालनार्थ सरकारी निकाय, गैसस र अन्य संघ संस्थाहरुसंग समन्वय गर्ने
-
केन्द्रीय एवम् क्षेत्रीय निकायहरुबाट तोकिएका कार्य सम्पादन गर्ने ।
परिपत्र तथा सूचना
- नक्क्ली कागजात बनाउनेउपर तत्काल थाहा दिनेबारेको जरूरी सुचना
- सुचना
- राैतहट जिल्लास्थित सबै विद्यालयहरूलाइ विद्यालय कर्मचारी विवरण सम्बन्धि फाराम भर्ने बारे जरूरी सुचना
- बालबिकास केन्द्रकाे विवरण पेश गर्ने सम्बन्धी सुचना
- विद्यालयमा कार्यरत कर्मचारीको पारिश्रमिक भुक्तानी सम्बन्धी सुचना
- राैतहट जिल्लाका सबै विद्यालयहरुलाई अत्यत्त जरुरी सूचना ....... !!! थप हेर्नुहोस
